मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेश, नेपाल र श्रीलंकाका मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बन्द गर्न आह्वान

barnanmedia.com · Fri Aug 09 14:51:26 UTC 2024

बंगलादेश, नेपाल र श्रीलंकाका पाँच नागरिकले यी मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन्।

ढाकाबाट प्राध्यापक फिरदौस अजिम र अध्येता मन्जुर हसन, काठमाडौँबाट लेखक कनकमणि दीक्षित र मानवअधिकारकर्मी सुशील प्याकुरेल अनि श्रीलंकाबाट सामाजिक कार्यकर्ता लक्ष्मण गुणसेखरले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन्।‘दशकौँदेखि कोलम्बो, ढाका र काठमाडौँमा नयाँ दिल्लीको राजनीतिक, प्रशासनिक र गुप्तचरहरूको हस्तक्षेपले हाम्रो मुलुकमा अन्त्यहीन राजनीतिक अस्थिरतालाई बढावा दिनुका साथै निरंकुश शासनलाई सशक्त बनाउने गरेको छ,’ उनीहरूले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)