जबराले सोधे कति समय लिनुहुन्छ, रमनले भने, ‘श्रीमान् ५ घण्टा’, अनि भयो विवाद
pahilopost.com · Fri Jan 29 16:38:53 UTC 2021
काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार ३ जनाले बहस गरे। निवेदक एवं विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारी र पूर्वन्यायाधिवक्ता रमनकुमार श्रेष्ठ बहस गर्न उभिए।
पोखरेल बिहीबारै विषयमा प्रवेश गरिसकेकाले आज करिब आधा घण्टा बहस गरे। बिडारीले पनि २५ मिनेटमै सिध्याए। दुबैको बहस कानुनीभन्दा पनि राजनीतिक सवालजवाफ खालको थियो। दुबैले प्रधानमन्त्रीको लिखित जवाफ र इजलासबाट पटकपटक सोधिएका प्रश्नको जवाफ दिनमै आफूलाई केन्द्रित गरे। विघटनसम्बन्धी संविधानको पुरानो मस्यौदा र पारित भएको संविधानमा उल्लेखित धाराको भिन्नता, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सदस्य अग्नि खरेलले विघटनविरुद्ध लिएका अडान र धारणाको फेरिहस्त , विधायिकी मनसाय प्रष्टाए उनीहरुले।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)