मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

rajdhanidaily.com · Sun Jan 29 23:56:22 GMT 2023

काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतका नेतासँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

उनले विशेष गरेर अमेरिकी साझेदारीको बृहत् एजेन्डाको विषयमा छलफल गर्नेछिन् । नेपालमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो । उपविदेशमन्त्री नुल्यान्डले नेपालमा रहँदा अमेरिकाले नेपालमा गरेको साझेदारको कार्यक्रमको विषयमा छलफल गर्नेछिन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तासाझेदार दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको कूटनीतिक स्रोतले जानकारी दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)