४० वर्षे सम्बन्ध तोड्दै जनार्दनले दाहाललाई गरे ‘गुडबाइ’
ekantipur.com · Mon Nov 03 17:34:04 GMT 2025

काठमाडौँ — माओवादी संयोजक पुष्पकमल दाहाल र सचिवालय सदस्य जनार्दन शर्माबीच पार्टी जीवनको बिदाइ भेटवार्ता भएको छ । माओवादीले नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेपछि फरक राजनीतिक बाटो लिने निर्णय गरेका शर्मालाई फकाउन दाहालले आइतबार बोलाएका थिए । शर्मा आफ्नो निर्णयमा टसमस नभएपछि दुई नेताले एकअर्कालाई गुडबाइ भनेका छन् ।
माओवादीलाई अरू दलसँग मिलाएपछि आफू बिदाइ भेट गर्न आएको शर्माले बताएका थिए । ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो । म माओवादीलाई जीवित राखेर जान्छु । बृहत् कम्युनिस्ट एकता अभियानमा लाग्छु’ शर्माको भनाइ थियो, ‘बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)