सामाजिक सञ्जालले तनावमा फसेको नेपालगञ्ज
onlinekhabar.com · Tue Oct 03 16:23:52 GMT 2023
१६ असोज, नेपालगञ्ज । धार्मिक तथा सामाजिक सद्भाव भड्कन सक्ने संभावित संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्जमा अनिश्चित कालीन कफ्र्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले वक्तव्य जारी गरी आज, सोमबार दिउसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्यू जारी गरेका हुन् ।
हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएकाले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कफ्र्यू लगाइएको छ । कफ्र्यूसँगै नेपाली सेना परिचालन गरिएको छ । ‘प्रशासनलाई सहयोगका लागि सेना खटिएको हो’ जंगीअड्डाका सूचना तथा जनसम्पर्क निर्देशनालय प्रमुख सहायक रथी कृष्णप्रसाद भण्डारी भन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)