बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
ratopati.com · Mon Nov 03 18:28:00 GMT 2025

तम्घास । यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टरमा धानखेती गरिएको थियो । जसमा २२ हजार ९०९ मेक्ट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएकामा ११ प्रतिशत अर्थात् दुई हजार ५२० मेक्ट्रिक टन धान पानीले भिजेर नष्ट भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)