मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलेसियन कम्पनीसँग अपारदर्शी सम्झौता, खारेज गर्न व्यवसायीको माग

ekantipur.com · Tue Jan 09 01:18:11 GMT 2024

काठमाडौँ — वैदेशिक रोजगार बोर्डसँग अपारदर्शी सम्झौता गरेको मलेसियन निजी कम्पनीले नेपाली कम्पनीलाई ४० प्रतिशत दिने सम्झौता गरेको खुलेको छ । नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै मलेसियन रोजगारदातासँग प्रतिकामदार ४५ डलर उठाउने गरी फरेन वर्कर्स वेलफेयर सेन्टर (एफडब्लूडब्लूएस) ले सम्झौता गरेको थियो ।

सम्झौता कार्यान्वयनमा आए मलेसियन कम्पनीले एक वर्ष मात्र कम्तीमा एक लाख कामदारको माग प्रमाणीकरण गरेबापत ४५ लाख डलर (झन्डै ६० करोड रुपैयाँ) मलेसियन रोजगारदाताबाट उठाउनेछ । बोर्डसँगको सम्झौतामा फरेन वर्कर्सले मागपत्र प्रमाणीकरणमा संलग्न गराउनेदेखि नेपाली कामदारको भर्ना प्रक्रिया र कामदारलाई आइपर्ने सबै समस्या हेर्ने भनिएको छ । यो काम गर्नका लागि बोर्डले शुल्क उठाउने अधिकार दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)