एमालेमा नेतृत्वको लागि सर्वसम्मतिको प्रयास, दुई उपाध्यक्ष र दुई उपमहासचिव थप
Ujyaaloonline.com · Fri Nov 26 23:34:34 GMT 2021
काठमाण्डौ - नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
यस अनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ । गएको असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)