बंगलादेशका नवनियुक्त सरकार प्रमुख युनुसलाई कांग्रेसले दियो बधाई
ratopati.com · Fri Aug 09 17:35:00 UTC 2024

काठमाडौँ । नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले युनुसलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
सो पार्टीले बंगलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न विश्वास समेत लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)