मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्याले नागरिकता विधेयक रोकेर, रामचन्द्रले प्रमाणीकरण गरेर गल्ती गरे : रवि लामिछाने

farakdhar.com · Sat Jun 10 17:36:55 GMT 2023

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयकमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल दुवैले गलत गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

तत्कालीन राष्ट्रपति भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उनको ठहर छ । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको लामिछानेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)