साइड क्लियर नहुँदा ८ करोड ८८ लाखको ‘सन्थाल बस्ती’ नबन्ने, ठेक्का प्रक्रिया रद्द गर्ने तयारी
ratopati.com · Wed Jan 10 00:34:00 GMT 2024
विराटनगर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वका साथ उद्घाटन गरेको मोरङ उर्लाबारी–८ को सन्थाल बस्ती नबन्ने सम्भावना बढेको छ । ८ करोड ८८ लाख ५६ हजार लागतमा ठेक्कामा लागेको उक्त बस्तीको निर्माण कार्य सुरु हुनै नपाई ठेक्का रद्द हुन लागेको हो ।
बस्ती निर्माणका लागि साइड क्लियर नहुँदा ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको सङ्घीय आयोजना कार्यान्वयन इकाई मोरङले जनाएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ फागुन १८ गते उक्त आयोजनाको शिलान्यास गरेका थिए । त्यसबेला उनले १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने आश्वासन पनि दिए । सोही अनुसार २४ असार २०७८ मा १२३ वटा सन्थाल समुदायको स्थानीय सिप र कलाको प्रयोग गरी भान्सासहित तीन कोठा र शौचालयसहितको घर बनाउने सम्झौता भयो । भ्याटबाहेक ७ करोड ८६ लाख ३४ हजार ३ सय ४७ रुपैयाँ २३ पैसामा काठमाडौँको सगुन क्षितिज अग्रिम जेबीसँग ठेक्का सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)