एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाव, सुदूरपश्चिममा भीम रावल आए पुग्छ
onlinekhabar.com · Tue Jul 20 17:42:13 GMT 2021
५ साउन काठमाडौं । फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको नेकपा एमाले ओली पक्षको बैठकमा माधवकुमार नेपाल समूह बिना कस्तो पार्टी बन्छ र आगामी चुनावको परीणाम कस्तो हुन्छ भनेर विश्लेषण भएको छ । नेताहरुको दाबी छ, उनीहरुले कहीँ पनि चुनाव जित्दैनन् । हामीलाई एकाध निर्वाचन क्षेत्रमा असर पर्छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकको सुरुमा १०बुँदे सहमति जुटाएको कार्यदलमा ओली पक्षको संयोजक सुवास नेम्वाङले रिपोर्टिङ गरेका थिए । नेताहरुको ठूलो पहलका बाबजुद नेता नेपालको नकारात्मक भूमिका कारण पार्टी एक बनाउन नसकिएको उनले बताए । अध्यक्ष ओलीले पनि नेता नेपाललाई स्वागत गर्न घुँडा टेकेर हात फैलाएर बसेको तर घुँडामा पाइन्ट प्वाल पर्दा पनि नआएको उनले बताए । उनले भनेका छन्, ‘हाम्रो प्रयास अहिले पनि जारी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)