विपक्षी दल अझै अस्पष्ट
annapurnapost.com · Tue Jan 24 01:14:00 GMT 2023
काठमाडौं : संघीय संसद् सचिवालयको पत्र उद्धृत गर्दै सोमबार कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको खबर फैलियो। तर, उक्त पत्र अस्पष्ट देखिएको छ। विपक्षी दलका नेताको मान्यता दिनेबारे कुनै निर्णय नभएको संसद् सचिवालयले जनाएको छ। सभामुख देवराज घिमिरेले पनि यो विषयमा कुनै नयाँ निर्णय नगरिएको बताएका छन्।
‘कांग्रेस त्यही हैसियतमा छ। खाली प्रश्न के उठेको छ भने उसलाई प्रतिपक्ष दिने कि नदिने भन्ने हो’, सभामुख घिमिरेले भने, ‘कांग्रेस विपक्षीको सिटमा नै छ। जे चल्दै छ त्यही हो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)