पेनाल्टीमा चुके लेवान्डोस्की
ekantipur.com · Tue Nov 22 18:30:09 GMT 2022
दोहा — रोबर्ट लेवान्डोस्कीले पेनाल्टी चुकाएपछि पोल्यान्ड विश्वकप फुटबलमा मंगलबार मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ । ५८ औं मिनेटमा उनको पेनाल्टी प्रहार मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआले जोगाएका थिए ।
पाँचौंपल्ट विश्वकप खेल्दै गरेका ओचोआले आफ्नो छविलाई मेक्सिको फुटबल इतिहासमा महान् हस्तीको रूपमा उभ्याएका छन् भने लेवान्डोस्कीका लागि विश्वकप दु:स्वप्न बन्दै आएको छ । बालोन डी’अर जितिसकेका बायर्न म्युनिकका पूर्वस्ट्राइकर लेवान्डोस्कीले विश्वकपमा अझै गोल गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)