दाङका भूमिहीनको एउटै प्रश्न– हामीलाई लालपुर्जा कहिले ?
lokaantar.com · Thu Aug 24 00:35:32 GMT 2023
घोराही उपमहानगरपालिका–१६ को कपासीमा एउटा बस्ती छ । त्यही बस्तीमा बस्छन्, साबी चौधरी । अरु थुप्रै कमैयालाई २३ वर्षअघि साउनको झरीमा उद्धारपछि जिल्ला प्रशासन कार्यालयको जग्गामा बसालियो । हतारमा बसालिएका मुक्त कमैयालाई पछि दीर्घकालीनरूपमा व्यवस्थापन गर्छौं भन्नेहरू कता हराए उनले सोधे । साबीजस्तै मुक्त कमैया शिविरमा बस्दै आएकाहरूको अवस्था हिजो जस्तो थियो आज पनि उस्तै अलपत्र अवस्थामा छ ।
‘जिल्ला प्रशासनको जग्गामा बसेको २३ वर्ष बित्यो । हिजोजस्तो अवस्थामा हामीलाई छाडियो आज पनि दैनिकी उस्तै छ । हामीसँग बस्ने आफ्नो बास छैन । सरकारी जग्गामा बसेर कति दिन पुग्ला ?,’ साबीले भने, ‘हामीलाई कहिले स्थायीरूपमा व्यवस्थापन गरिन्छ रु आशा गर्दा गर्दै हाम्रो जीवन बित्न लाग्यो । मुक्त कमैयालाई लालपुर्जा कहिले मिल्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)