सांसद बोहराको निधनप्रति राप्रपाले तीनदिन शोक मनाउने
baahrakhari.com · Tue Apr 01 17:50:39 GMT 2025

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने भएको छ ।
मंगलबार पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बसेको बैठकले वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य बोहराको निधनप्रति गहिरो दुःख व्यक्तसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)