साफ यू २० च्याम्पियनसिपको उपाधि भारतलाई
pahilopost.com · Fri Aug 05 17:09:50 GMT 2022
काठमाडौं: साफ यू २० च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ५-२ गोलले हराउँदै भारत च्याम्पियन बनेको हो।
खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। तर ४५ औं मिनेटमा रफिकुल इस्लामले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा बंगलादेशका शाहिन मियाले गोल गर्दै ५१ औं मिनेटमा अग्रता दिलाए। तर, गुरकिरतले नै ६० औं मिनेटमा गोल गर्दै भारतलाई खेलमा फर्काए। निर्धारित ९० मिनेटको समय २-२ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा भारतले ३ गोल थप्यो। ९२ औं मिनेटमा हिमांशु जांगरा गोल गर्दा ९३ औं मिनेटमा गोल गर्दै गुरकिरतले ह्याट्रिक पुरा गरे। त्यस्तै ९९ औं मिनेटमा उनले नै गोल थपे। र, भारतले ५-२ गोलले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)