रूसी आक्रमणबाट कीभमा २७ जनाको मृत्यु, ९१ घाइते
nepalnews.com · Fri Jul 03 03:30:53 GMT 2026
किभ । रूसले युक्रेनको राजधानी कीभमा सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् । यसवर्ष कीभमाथि भएको यो सबैभन्दा घातक आक्रमण भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणका कारण राजधानीभर करिब १३० वटा भवनमा क्षति पुगेको छ।
रातभर भएका लगातार विस्फोटपछि हजारौं सर्वसाधारण बंकर र भूमिगत मेट्रो स्टेशनमा आश्रय लिन बाध्य भएका थिए । राजधानीको सैन्य प्रशासन प्रमुख तिमुर ट्काचेन्कोका अनुसार उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएपछि मृतक संख्या २७ पुगेको हो। उद्धार टोलीले भग्नावशेष हटाउँदै फसेकाहरूको खोजी गरिरहेकाले मृतक संख्या अझ बढ्न सक्ने उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)