राष्ट्रपति भागेपछि श्रीलंकामा झन् तनाव
ekantipur.com · Thu Jul 14 01:07:32 GMT 2022
कोलम्बो — सैनिक शिविरमा लुकेर बसेका श्रीलंकाली राष्ट्रपति गोटावाय राजपाक्ष सत्तामा फर्कन नसक्ने निश्चित भएपछि भागेर माल्दिभ्स पुगेका छन् । योसँगै श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा लामो समयदेखिको वंशवादी शासन तोडिएको छ । तर आन्दोलनले कुन रूप लिने भन्ने निश्चित छैन, किनकि संकटग्रस्त मुलुक सम्हाल्ने राजनीतिक तथा आर्थिक विधि अझै तय हुन सकेको छैन ।
राष्ट्रपति भवन कब्जा गरेको पाँचौं दिन बुधबार प्रदर्शनकारीले कोलम्बोस्थित प्रधानमन्त्री कार्यालय पनि नियन्त्रणमा लिएका छन् । मंगलबार राति राष्ट्रपति राजपाक्ष मुलुक छोडेर भागेपछि आन्दोलनकारी फरक मुडमा देखिएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का अन्य सदस्य र सबै २ सय ६५ सांसदले राजनीमा दिनुपर्ने माग प्रदर्शनकारीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)