ट्र्याक खुलेको तीन दशकमा सडक कालोपत्रे
nayapatrikadaily.com · Fri Jan 26 00:44:00 GMT 2024
लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको ट्र्याक खुलेको २९ वर्षमा अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे गरिएको छ । बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडकमध्ये सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग जुटाएर लमजुङवासीले ०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्र्याक खोलेका थिए । हालसम्म ८५ प्रतिशत सडक स्तरोन्नतिको काम सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका इन्जिनियर किरण पोखरेलले बताए । तत्कालीन नेपाली सेनाले ०६९ मा सडकको निर्माण पूरा गर्दै डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)