मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेलबारी गोल्डकपको उपाधि एपीएफले उचाल्यो

ratopati.com

मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल एपीएफ काठमाडौंले हात पार्न सफल भएको छ ।

राजारानी क्लब धनकुटालाई बुधबार ०(१ गोल अन्तरले पराजित गर्दैन एपीएफले उपाधि उचालेको हो । एपीएफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । राजारानीका गोलरक्षक पुजन होनाले रोक्ने क्रममा रिबाउण्ड भएको बललाई कार्कीले पोस्टको दिशा दिँदै एपीएफका लागि निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)