सन् १९६३ मा आजकै दिन : माइकल जोर्डनको जन्म
ekantipur.com · Sat Feb 17 01:09:44 GMT 2024
काठमाडौँ — सन् १९६३ मा आजकै दिन (फेब्रुअरी १७) मा अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो । न्युयोर्कमा जन्मिएका जोर्डन बास्केटबलका सर्वकालीन महान् खेलाडीका रूपमा विश्वभर परिचित छन् ।
जोर्डनले १९८१ मा नर्थ क्यारोलाइना विश्वविद्यालयका तर्फबाट बास्केटबल खेल्न सुरु गरेका थिए । अमेरिकी टिमका तर्फबाट उनले १९८४ र १९९२ मा गरी दुई वटा ओलम्पिक गोल्ड मेडलसमेत जितेका थिए । जोर्डनले १९९३ मा अक्टोबर ६ मा खेल जीवनबाट संन्यासको घोषणा गरेका थिए । तर त्यसको एक वर्षपछि अर्थात् १९८४ देखि फेरि उनले सिकागो बुल्सबाट खेल्न थालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)