धर्ना बस्ने निर्णयमा किन पुग्यो शेखर समूह ?
onlinekhabar.com · Mon Sep 26 16:44:41 GMT 2022
१० भदौ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले पर्सि पार्टी कार्यालय, सानेपामा धर्ना दिने घोषणा गरेको छ । सोमबार विहान ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो ।
एक सहभागीका अनुसार छलफलमा सहभागीमध्ये कतिपयले बालुवाटारमै धर्ना दिनुपर्ने मत राखेका थिए । तर बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)