कुलमानजी, भुईँको टिप्न खोज्दा पोल्टाको पनि पोखिएला
barnanmedia.com · Mon Nov 03 21:54:03 GMT 2025

हालै कुलमान घिसिङ नयाँ राजनीतिक दल दर्ता गरेर आगामी चुनावमा प्रतिस्पर्धा गर्न सक्ने खबर सार्वजनिक भएपछि राजनीतिक वृत्त तताएको छ। लामो समयदेखि दक्ष प्रशासक र इमानदार सार्वजनिक सेवकको रूपमा पहिचान बनाएका घिसिङ अहिले अन्तरिम सरकारमा रहँदा झण्डै चार खर्बको बजेटका तीन ठूला विकासे मन्त्रालय सम्हालिरहेका छन्। यस्तो बेला मन्त्री पद छाडेर पार्टी गठन र चुनावी प्रतिस्पर्धातिर उन्मुख हुन खोज्दा अनेक प्रश्न र शंकाको घेरामा परेको छ।
कुलमान घिसिङको लोकप्रियता अस्वाभाविक रूपमा उँचो छ । विशेषगरी उनले नेपाल विद्युत प्राधिकरणको नेतृत्व गर्न पाएपछि उनले देशलाई लोडसेडिङमुक्त बनाउन सफलता प्राप्त गरे । त्यही सफलताले उनलाई सिस्टम सुधारक र इमानदार कार्यकारीको रूपमा जनतामाझ स्थापित गर्यो । यिनै जनताको माया र विश्वासलाई राजनीतिमा पुँजीकृत गर्न उनी तम्सिरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)