मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस फुटबल क्लबमा जर्सीको अभाव, समर्थक निराश

onlinekhabar.com · Wed Jul 27 00:16:04 GMT 2022

११ साउन, काठमाडौं । आधाभन्दा धेरै इंग्लिस फुटबल क्लबसँग समर्थकलाई बेच्ने किट (जर्सी, क्याप, स्कार्फलगायतका सामग्री)को अभाव छ । जर्सी समर्थकका लागि निकै महत्वपूर्ण हुने गरेको छ । समर्थकले क्लबको समर्थनका लागि जर्सी किन्ने र खेल हेर्न जाँदा लगाउने चलन छ । यी सामग्री क्लबको व्यापारसँग पनि जोडिन्छन् ।

तर इंग्ल्याण्डका प्रिमियर लिग खेल्नेसहित ९२ वटा क्लबमध्ये ४४ क्लबसँग मात्रै २०२२/२३ का लागि सामग्री छन् । क्रिस्टल प्यालेस र लीड्स युनाइटेड जस्ता क्लबले नयाँ सिजन सुरु हुनै लाग्दा पनि समर्थका लागि किट बिक्रीमा राख्न सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)