सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी
ratopati.com · Wed Jun 07 23:00:00 GMT 2023
बनियानी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले सुकुम्बासीलाई जग्गाधनी बनाउन लागिपरेको बताएकी छन् । झापाको कनकाई नगरपालिकामा आज आयोजित ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण कार्यक्रम’मा उहाँले राष्ट्रिय भूमि आयोग गठन गरेर सरकार हरेक नागरिकलाई जग्गाधनी बनाउन लागिपरेको बताइन् ।
“सरकार हरेक नागरिकमा भूमिको पहुँच पुर्याउन लागिपरेको छ”, उनले भनिन्, “सोहीअनुरुप सरकारले गठन गरेको भूमि आयोगले समेत काम गरिरहेको छ ।” मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गा धनीपुर्जा प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । नगरपालिकाले आज कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)