नेपाल प्रहरीका पाँच जनाको प्रहरी नायब महानिरीक्षकमा पदोन्नति
barnanmedia.com · Mon Nov 03 23:04:53 GMT 2025

काठमाडौँ, १८ कात्तिकः सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना प्रहरी नायब महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)