मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले डडेल्धुरा जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले सम्बोधन गर्ने

rajdhanidaily.com · Tue Feb 27 23:39:21 GMT 2024

डडेल्धुरा । एकीकृत नेकपा एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशन पहिलो पटक जिल्ला सदरमुकाम बाहिर आयोजना गरिने भएको छ । जिल्ला सदरमुकाम डडेल्धुरामा केन्द्रित हुने अधिवेशन यस पटक भने भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकामा हुने भएको छ । सोमबार अधिवेशन ’bout जानकारी र लोगो सार्वजनिक गर्दै एनेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी दिएको छ ।

अधिवेशन ’bout जानकारी दिदै नेकपा एमाले जिल्ला कमिटि संयोजक गजेन्द्र बहादुर शाहीले फागुन ३० गते एमाले केन्द्रिय अध्यक्ष क. केपी ओलीले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । अधिवेशनका लागी लोगो समेत बनाईएको थियो । एमाले केन्द्रिय सदस्य पठान सिंह बोहराले लागो सार्वजनिक गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)