मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सातौंपल्ट पुनर्गठन हुँदा पनि मन्त्रिपरिषद अपुरो,  अझै ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै

Ujyaaloonline.com · Sat Apr 01 01:04:54 GMT 2023

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । सत्तारुढ दलहरूबीच ठोस सहमति जुट्न नसक्दा र कांग्रेसभित्रको आन्तरिक विवादले मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो ।

हिजो मन्त्रिपरिषद पुनर्गठन भएपछि प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री भएका छन् । कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जसपा र जनमत पार्टीबाट एक, एक मन्त्रालय अझै रिक्त छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले रोजेको मन्त्रालय नपाएपछि राजीनामा दिनुभएको छ । उद्योग मन्त्रालयमा दावी गर्दै आएका खानले त्यो मन्त्रालय नपाएपछि राजीनामा दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)