एमालेमा १० बुँदे सहमति, २०७५ जेठ ३ मा थपिएका केन्द्रीय कमिटी सदस्य बहाल रहने
ekagaj.com · Sun Jul 11 17:13:30 GMT 2021
काठमाडौँ : पार्टी विवाद मिलाउन गठीत सत्तारुढ नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गर्दै एमाले एकढिक्का रहने उल्लेख गरेको छ । एक साता लामो अनवरत वार्तापछि उक्त कार्यदलले आइतबार राती सहमति जुटाएको कार्यदलमा प्रतिनिधित्व गर्ने दुवै तर्फका नेताहरूले पुष्टी गरेका छन् ।
माओवादी केन्द्रसँग एकता हुने क्रममा २०७५ जेठ ३ मा थपिएका केन्द्रीय कमिटी सदस्यहरू समेत बहाल रहने निर्णय भएको छ । सर्वोच्च अदालतले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित गरी २०७५ जेठ २ को केन्द्रीय समितिको बैठक बोलाएर मात्र एमाले अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए । २०७५ जेठ ३ मा माओवादीसँग एकता गर्नुअघि २०२ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर २४१ सदस्यीय बनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)