मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिस्पर्धी अर्थतन्त्र : बजेटको चुनौती

abhiyandaily.com

संरचनात्मक परिवर्तनको खाँचो

सरकार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बनाउने तयारीमा छ । प्रत्येक वर्ष बजेटको पूर्वतयारीका क्रममा बजेटबारे सुझाव लिने र बजेट आइसकेपछि एकै प्रकारका प्रतिक्रियाको पुनरावृत्ति हुने गरेको छ । अझ यसमा दलगत आस्थाका आधारमा समर्थन र विरोधको अभ्यास छ । सरकारले विगत ३/४ वर्षदेखि अर्थतन्त्र सुधारिएकोमा अहिले कोरना महामारीले नकारात्मक बनेको बताइरहेको छ । त्यसअघि पनि अर्थतन्त्रका आधार उत्साहजनक थिएनन् । राजस्व संकलन र सरकारी खर्चमा ठूलो अन्तर छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि गर्छौं भनिरहेको छ । विभिन्न अध्ययनले अर्थतन्त्र नकारात्मक बनिसकेको देखाएका छन् । कोरोनाअघि पनि राजस्वबाट साधारण खर्च धान्न नसक्ने अवस्थामा देखिएकै हो । कोरोना महामारीले आय झन् संकुचित भयो, खर्च भने बढ्दै गएको छ । राजनीतिक अस्थिरताले चालू खर्च बढिरहेको छ । यस्तो अवस्थामा राजस्वले खर्च धान्न सक्दैन । अर्थतन्त्र उकास्न कस्तो नीतिको आवश्यकता पर्छ र त्यसलाई अर्थतन्त्रमैत्री कसरी बनाउन सकिन्छ भन्नेमा अहिलेसम्म वस्तुनिष्ठ विचार नै भएको छैन । सरकारलाई यसबारे दीर्घकालीन नीतिबारे सुझाव दिने स्वतन्त्र थिंक ट्यांकको अभाव खट्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)