विपिनलाई मुक्त गराउने सरकारको पहल निष्प्रभावी
ekantipur.com · Thu Nov 09 01:01:06 GMT 2023
काठमाडौँ — प्यालेस्टाइनको विद्रोही समूह हमासले एक महिनादेखि गाजा क्षेत्रमा बन्धक बनाएका विपिन जोशीलाई मुक्त गराउन परराष्ट्र मन्त्रालयले गरेको पहल परिणाममुखी बन्न सकेको छैन । गत असोज २० (अक्टोबर ७) मा हमासले इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिममा १० जना नेपालीको हत्या गरी विपिनलाई बन्धक बनाएर लगेको थियो ।
परराष्ट्रले जोशीलाई छुटाउन इजरायल, कतार, अमेरिका र इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आईएफआरसी) सँग समन्वय गरिरहेको जनाएको छ । ‘जोशीलाई कसरी छुटाउन सकिन्छ भनेर छलफल गर्यौं । त्यसपछि सम्बन्धित पक्षसँग त्यसको सहजीकरणका लागि आग्रह गरेका हौं,’ परराष्ट्रमन्त्री एनपी साउदले भने । परराष्ट्रले सबैभन्दा पहिले जोशीलाई छुटाउन हमाससँग लडिरहेको इजरायललाई नै पहल गर्न आग्रह गरेको थियो । त्यसपछि अक्टोबर १५ मा साउदले कतारका राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिजसँगको टेलिफोन कुराकानीमा जोशीको खोजीका लागि अनुरोध गरेका थिए । ‘हमास र कतारको सम्बन्धका कारणले पनि नेपालले जोशीलाई खोज्नका लागि कतारलाई आग्रह गरेको हो,’ परराष्ट्रका एक अधिकारीले भने । दोहामा हमासको राजनीतिक सम्पर्क कार्यालय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)