बझाङमा खुँडा प्रहार गरी युवकको हत्या
ekantipur.com · Tue Jan 26 17:55:37 UTC 2021
बझाङ — बझाङमा खुँडा प्रहार गरी एक युवकको मंगलबार हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)