मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब जनदबाबबाटै देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

reportersnepal.com · Fri Nov 17 01:36:09 GMT 2023

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्ने औंल्याएका छन् ।

‘अहिले हामीले आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेका छैनौं । पुसमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्छ । त्यसपछि जनदबाबका कार्यक्रम सुरु हुन्छन् । तर यही अवस्थाबाट देश अगाडि जान सक्ने अवस्था छैन । जिम्मेवार राजनीतिक दलहरुको सहमति र गल्ती महसुसबाटै नयाँ सम्झौता गरेर अघि बढ्नुपर्छ । होइन भने जनदबाबबाट भए पनि देशलाई निकास दिनुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)