मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भैरहवा–कुवेत उडान उत्साहजनक : जजिरा

ekantipur.com · Fri Jun 03 00:54:02 GMT 2022

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो २ सातायता कुवेतमा सीधा हवाई उडान गर्दै आएको जजिरा एयरवेजले व्यावसायिक रूपमा आफ्नो सेवा उत्साहजनक रहेको बताएको छ । ‘व्यावसायिक दृष्टिले हामी निकै सन्तुष्ट छौं,’ जजिरा एयरवेजका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले कान्तिपुरसँग भने, ‘यो रूटको उडान सोचेभन्दा राम्रो ढंगले अघि बढेको छ । यसले हामीलाई उत्साहित बनाएको छ ।’

गत जेठ २ देखि जजिराले सातामा ३ दिन कुवेत–भैरहवाबीच सिधा उडान गर्दै आएको छ । जजिराको ‘एयर बस ३२० निओ’ विमानले सोमबार, बुधबार र शुक्रबार उडान सेवा दिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)