पिपिसि ढलानको छड्के अनुगमनमा दिक्तेलका मेयर भट्टराई
ratopati.com
स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् ।
असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए । सुटुक्क निर्माणस्थल पुगेका मेयर भट्टराईले वडाध्यक्ष लिलाकुमार चौहान, निर्माण उपभोक्ता समिति र स्थानीयसँग भेटघाट गरेर ढलानको विषयमा सत्यतथ्य जानकारी लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)