किसानलाई आधुनिक उपकरण दियो शिवसताक्षी नगरपालिकाले
setopati.com · Wed Jun 02 16:55:00 GMT 2021
झापाको शिवसताक्षी नगरपालिकाले किसानलाई बुधबार विभिन्न प्रकारका कृषि उपकरण वितरण गरेको छ। नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरूलाई २२ वटा ट्रिलर, धान काट्ने रिपर २२ वटा र २२ वटै मकै गोड्ने मेसिन प्रदान गरेका हुन्।
नगरपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई उपकरण प्रदान गरिएको नगरको कृषि शाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)