३६ प्रतिशत विकास बजेट असारमै बग्यो
ekantipur.com · Wed Jul 20 00:55:11 GMT 2022
काठमाडौँ — भनिन्छ नै असारे खर्च । अघिल्ला महिनामा खर्च गर्न ‘ढुक्क’ बसिरहेका विकासे मन्त्रालय जब आर्थिक वर्ष सकिनतिर लाग्छ, विनियोजित बजेट खर्च गर्ने तातो लगाउँछन् । विगतको यो प्रवृत्ति यसपटक पनि सुध्रिएन । मन्त्रालयहरू ११ महिना सुस्ताए, आखिरी महिना असारमा भने बजेटको ठूलो हिस्सा सिध्याए ।
गएको आर्थिक वर्षमा विकास बजेट २ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये असारमा मात्र ७८ अर्ब ४० करोड ९६ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल खर्च भएको विकास बजेटको ३६.२४ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असारमा सबैभन्दा बढी खर्च गर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छ । उक्त मन्त्रालयले गत आर्थिक वर्षमा १ अर्ब ३२ करोड १५ लाख खर्च गरेकामा असारमा मात्र खर्च भएको हिस्सा ५४.८७ प्रतिशत छ । अर्थात् सञ्चार मन्त्रालयले ७२ करोड ५१ लाख रुपैयाँ असारभित्र खर्च गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)