कथा गोर्खा सैनिकका संघर्षको, शुभकामना बेलायतका प्रधानमन्त्रीको
rajdhanidaily.com · Fri Sep 08 23:08:39 GMT 2023
काठमाडौं । पहिलोपटक नेपाली चलचित्रको सफलताका लागि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुभकामना दिएका छन् । ब्रिटिस सैनिकमा रहेर दोस्रो विश्वयुद्धमा उत्रिएका बेलायती गोर्खा सैनिकको संघर्ष कथामा बनेको चलचित्र ‘गोर्खा वारियर’को सफलताका लागि प्रधानमन्त्री सुनकले शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री सुनकलाई अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डन रेककार्पेट प्रिमियरमा प्रमुख आतिथ्यका रूपमा निर्माता एवं निर्देशक मिलन चाम्सले निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री सुनकले तीन दिनअघि यस चलचित्रको प्रिमियर सफिलताका लागि निर्माण टिमलाई शुभकामना दिएका हुन् । उनको शुभकामनाले आफूहरू निकै उत्साहित भएको निर्देशक चाम्सले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)