तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
ratopati.com · Thu Jun 11 18:18:10 GMT 2026

काठमाडौँ । फुटबल इतिहासकै सबैभन्दा ठुलो मेला ‘फिफा विश्वकप २०२६’ को मेक्सिकोस्थित ऐतिहासिक एस्टेका रङ्गशालामा भव्य सुरुवात भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन समारोहमा ल्याटिन कला, सङ्गीत र संस्कृतिको अद्भुत सङ्गम देखियो ।
उद्घाटन समारोहमा कलाकारहरू शिरदेखि पाउसम्म सुनौलो पोसाकमा सजिएर प्रस्तुत भएका थिए ।
समारोहको मुख्य आकर्षण विश्व प्रसिद्ध गायिका सकिरा रहिन् । उनले नाइजेरियाका चर्चित गायक बर्ना ब्वायसँग मिलेर विश्वकपको आधिकारिक गीत ‘लेट्स गो’ प्रस्तुत गरिन् । सकिराको प्रस्तुतिले रङ्गशालामा उपस्थित हजारौँ दर्शकलाई निकै उत्साहित बनाएको थियो ।
मेक्सिकन गायक अलेजान्द्रो फर्नान्डेजले राष्ट्रिय गान गाएर समारोहलाई औपचारिक रूपमा अगाडि बढाएका थिए । उनीसँगै माना, लस एन्जेल्स आजुलेस, लिला डाउन्स, बेलिन्डा, जे बाल्भिन र ड्यानी ओसन जस्ता चर्चित ल्याटिन कलाकारहरूको प्रस्तुतिले रङ्गशाला गुञ्जायमान भएको थियो ।
उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन्।
यो विश्वकप फुटबल इतिहासमै पहिलो पटक ४८ टोली सहभागी भएको संस्करण हो । आजदेखि सुरु भएको यो महाकुम्भमा १०४ खेलहरू खेलिनेछन् । रङ्गशालाभित्र देखिएको यो भव्यताले विश्वभरका फुटबल प्रेमीहरूलाई नयाँ उत्साह प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा