मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जनता वाक्क दिक्क भए कि ?

rajdhanidaily.com · Wed Apr 14 23:26:14 GMT 2021

राजनीतिक रूपमा २०७७ साल दुःखद रहयो । सरकारले विकास र समृद्धिको नारा दिएअनुसार त्यसलाई द्रुत गतिमा अघि बढाउन सकेन । नागरिकहरू महँगीको मारबाट पीडित हुन पुगे । सर्वसाधारणले सेवा प्रवाह र सुशासनको प्रभावकारी कार्यान्वयन भएको महसुस गर्न सकेनन् । त्यसैले जनता वाक्क दिक्क भए कि भन्नेबारे सरकारले गम्भीर भएर सोच्नुपर्छ ।

गत वर्ष धेरै प्रकारका विवाद देखिए । प्रधानमन्त्रीले ल्याएका विधेयक विवादित भए । २०७५ सालमा एकजुट भएका माओवादी र एमाले पुरानै अवस्थामा फर्किए । देश विकास गर्नुपर्ने समयमा दलले आन्तरिक खिचातानीमा समय बिताए । कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं यिनीहरूको व्रिmयाकलाप, आपसी आरोप प्रत्यारोप र व्यवहारले सिंगो समाजलाई लाज लाग्यो । वाक्क भयो । दिक्क भयो । लोकतन्त्रको धज्जी उडाउने काम भयो । तीन वर्ष अगाडि जननिर्वाचित यो सरकारबाट नागरिकले ठूलो अपेक्षा राखेका थिए । नेपाली जनताको चुलो चौकोमा लोकतन्त्रको अनुभूति हुनेछ भन्ने आशा थियो । तर, यस अवधिमा सोचेअनुसार काम हुन सकेन । महँगीले आकाश छोएको छ । काला बजारी व्याप्त छ । पेट्रोलियम पदार्थको मूल्यमा पटकपटक वृद्घि गरिएको छ । रोजगारीको कुनै अवसर छैन । करका दायरा बढाइएको छ । विप्रेषण र जनताबाट उठाइएका प्रतक्ष्य एवं अप्रत्यक्ष करमा आर्थिक अनियमितता गर्ने काम भएको छ । प्रत्येक दिन १५ सयको हाराहारीमा युवा बिदेसिएका छन् । किसानका खेतबारी बाँझिएका छन् । बाँझिदै छन् । गोठ भत्किएका छन् । भत्किदै छन् । कुनै पनि नयाँ उद्योग खोलिएको छैन अनि नागरिक कसरी खुसी हुनु ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)