नेविसंघले निजगढमा गर्यो शहीदको प्रतिमामा माल्यार्पण
hamrakura.com · Fri Jan 29 17:45:00 UTC 2021
निजगढ । शहीद दिवशको अवशरमा नेपाल विद्यार्थी संघ गौरीशंकर क्याम्पस निजगढले शहिद हिरालाल गौतमको प्रतिमामा माल्यार्पण गरेको छ । नेविसंघ गौरीशंकर क्याम्पसले निजगढको शहिद हिरालाल पार्कमा रहेको जनआन्दोलन २०६२/६३ का क्रममा शहादत प्राप्त शहिद हिरालाल गौतमको प्रतिमामा माल्यार्पण गरेको हो ।
कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनालले शहीदहरुको बलिदानीबाट प्राप्त उपलब्धिलाई व्यवस्थित र दिर्घकालिन बनाउनुपर्ने कुरामा जोड दिए। मेयर खनालले शहिदको सपना साकार पार्न कुनैपनि शक्तिको दबाबसामु झुक्न नहुने कुरामा जोड दिए । शहिदको बलिदानीले नै जनतालाई अधिकार प्राप्त भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)