राजनीतिक दलहरूको समीक्षा गर्नुपर्दा
rajdhanidaily.com · Thu Aug 05 23:11:15 GMT 2021
नेपालमा राजनीतिक दलको इतिहास ८० वर्ष लामो भइसके पनि नेपाल र नेपाली जनताका लागि राजनीतिक दलले आशाप्रद परिणाम दिन सकेका छैनन् । देशमा गरिबी, असुरक्षा र विनासको कहालीलाग्दो तस्बिर छ । चुनाव हुने, सरकार बन्ने र विघटन हुने प्रवृतिले आजित जनता दलसँग आशा गर्न पनि छोडेका छन् । प्रजातन्त्र गणतन्त्र स्थापना गरे पनि जनताको आकांक्षा पूरा गर्न नसक्नु राजनीतिक दलको असक्षमता हो, असफलता हो । नेपालका राजनीतिक दलमा निर्णय क्षमता छैन या त निर्णय क्षमता निर्देशित छ वा स्खलन भएको छ भन्दा अतिशयोक्ति हँुदैन ।
अनुत्तरदायी, भ्रष्ट, कर्तव्यच्युतजस्ता शब्द पार्टीका अगाडि आउने विशेषण बनेका छन् । राजनीतिक दलहरू पार्टीभित्रको गुट र अन्तरगुट विवाद व्यवस्थापनमा चुकेका कारण दलहरूको शक्ति पनि विश्वासझंै क्षीण हँुदै गएको छ । हाम्रो देश प्रजातन्त्र र विकास सँगसँगै हिँड्न सक्दैनन् कि † भन्ने तर्क प्रमाणित गर्ने थलो बन्दै गएको हो कि जस्तो लाग्छ । गण्तन्त्र संघीयता स्थापनाको एक दशक पुग्दा नपुग्दै विकल्पको खोजी र विघटनका स्वर गाउँ सहरमा घन्किन थालेका छन् । यही वातावरण रहिरहे जनता रैथाने दलको विकल्पमा संगठित हुने दिन आउन पनि बेर छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)