बेलायतमा दैनिक एक लाख संक्रमित हुनसक्ने
ratopati.com
बेलायतमा दैनिक एक लाखसम्म कोरोना संक्रमित हुनसक्ने स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । लामो समयदेखि इंग्ल्याण्डमा जारी लकडाउन खुल्न दुई साता भन्दा कम समय बाँकी रहँदा उक्त भनाइ आएको हो । जुलाई १९ बाट कोरोनाका कारण जारी सम्पूर्ण प्रतिबन्धहरु हट्ने तयारी भइरहेको छ ।
पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमित संख्या तीव्र रुपमा बढ्दै गएको छ । सोमबार मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दुई साता भित्र दैनिक पचास हजार संक्रमित पुग्ने बताएका थिए । आउँदो जुलाई १९ मा इंग्ल्याण्डमा जारी लकडाउन पूर्ण रुपमा हटाउने सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)