एसिया कप क्रिकेट : श्रीलंकासँग बंगलादेश स्तब्ध
farakdhar.com · Thu Aug 31 17:00:29 GMT 2023
एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलंकाले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो । श्रीलंकाको जितमा तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शन गरे ।
एक सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि चरिथ असलंकाले ६२ रन, ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रन बनाए । त्यस्तै सदिरा समराविक्रमा ५४, दासुन शानकाले १४ रनको योगदान दिए । बगंलादेशका लागि कप्तान सकिब अल हसनले दुई, तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)