मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी वकिलको अनौठो तर्क : संसद् विघटनले स्थिरता पनि ल्याउँछ

nayapatrikadaily.com · Tue Jun 29 23:39:00 GMT 2021

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले प्रतिनिधिसभा पटक–पटक विघटन भए त्यसबाट स्थिर सरकार र संसद् आउने अनौठो तर्क गरेका छन् । संवैधानिक इजलासमा जारी विघटनविरुद्धको रिटमाथिको सुनुवाइका क्रममा मंगलबार उनले त्यसलाई पुष्टि गर्ने आधार प्रस्तुत गर्दै भारतको उदाहरण दिए ।

भारतमा १९७० मा इन्दिरा गान्धीले गरेको विघटनपछि १९७१ मा भएको चुनाव उनको पार्टीले ६७.९ प्रतिशत मत ल्याएर स्थिर सरकार बनाएको र त्यसपछि १९७९ मा तत्कालीन प्रधानमन्त्री चौधरी चरणसिंहले विघटन गरेपछि भएको चुनावमा एउटा दल बहुमत ल्याउन सफल भएको पाण्डेयको तर्क थियो । त्यसैले प्रधानमन्त्री केपी ओलीले गरेको अहिलेको विघटनपछि पनि बहुमतको स्थिर सरकार बन्ने भएकाले विघटन सदर गर्नुपर्ने उनको आसय थियो । ‘पार्लियामेन्ट डिजोलुसनलाई संकुचित दृष्टिले हेर्नुहुँदैन, बृहत् रूपमा हेर्नुपर्छ श्रीमान्,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)