जग्गा दान गरेर नगर प्रमुखद्वारा प्रशासनिक भवन निर्माण
ratopati.com · Mon May 18 23:01:27 GMT 2026

रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ ।
सोही नगरपालिकाका नगर प्रमुख वैजनाथप्रसाद यादवले जग्गा दान दिएपछि नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएको हो । विगत ९ वर्षदेखि भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय यस वर्ष भने आफ्नै भवनमा सरेको छ । भवन निर्माणका लागि नगरप्रमुख यादवले माधवनारायण नगरपालिका–६ माधोपुर बजारमा आफ्नो नामको पाँच कट्ठा र आफैँले सञ्चालन गरेको मठको नाममा रहेको पाँच कट्ठा जमिन नगरपालिकाको भवन निर्माण लागि उनले दान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)