मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाह्र हजार घरमा क्षति, पुनर्निर्माणको तयारी गर्दै प्राधिकरण

gorkhapatraonline.com · Sat Oct 14 06:58:48 GMT 2023

शैलेन्द्र रोकाया

बझाङ, असोज २७ गते । बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो । जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)