मध्यरातमा बाबुरामले भने–ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?
lokaantar.com · Sat Feb 20 17:38:23 UTC 2021
जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहन नैतिक अधिकार नरहेको बताएका छन् । उनले अदालतलाई ओलीले खुलेआम दबाब दिएको पनि बताएका छन् ।
‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?’ शनिबार राति भट्टराईले गरेको ट्वीटमा भनिएको छ, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिङ गर्ने हो ?अदालतमाथिको दबाब पुष्टि भएन र ?’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)