मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा : अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको  विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने

nayapatrikadaily.com · Tue Feb 15 00:38:00 GMT 2022

सोलुखोला जलाधार क्षेत्रको जलविद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न प्रसारण लाइन सोमबार बिहान साढे ११ बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिंलासम्म तीन सय दुईवटा टावर रहेको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ ।

आयोजनाअन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, आठ एमभिए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ ०७६ देखि सञ्चालनमा छ । तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत् आपूर्ति हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोटमा भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)